दीपक शर्मा
बर्दिया ३ पुस । प्रदेश न ५ को राजधानि कहा हुने भन्ने विषयमा बहस चलिरहदा बर्दियाका नागरिकहरुले दाङ लाइ प्रदेश नम्वर ५ को राजधानि बनाउन उपयुक्त हुने बताएका छन ।

bardiya basi

नागरिक समाज सञ्जाल बर्दियाका सयोजक वालकृष्ण ओलीले भौगोलिक हिसावले बर्दियालाइ ६ नम्वर प्रदेशमा राखीनुपर्ने बताउदै त्यसको राजधानि सुर्खेत हुदा बर्दियाका नागरिकलाइ सहज हुने थियो तर प्रदेश न ५ मा बर्दिया रहेको हुदा बर्दियाका नागरिकले ५ नम्वर प्रदेशको राजधानि दाङ नै हुनुपर्ने आवाज उठाइरहको बताउनु भयोे ।

प्रदेश न ५ को राजधानि दाङ भौगोलीक सुगमता , पर्याप्त मात्रामा जमिन र सुरक्षाको दृष्टिकोणले पनि सहज हुने ओलीको भनाइ छ । बुटवललाइ राजधानि बनाउदा बर्दियाका नागरिकलाइ अप्ठेरो पर्ने र भारत सग सीमा जोडीएका शहरहरुमा प्रदेशको राजधानि बनाउदा सुरक्षामा प्रश्न चिह्न खडा हुने बताउदै प्रदेशको राजधानि दाङको विकल्प नभएको बताउनु भयो ।

नेपाल पत्रकार महासघका कोषाध्यक्ष दिपक शर्माले बर्दिया यस क्ष्ँेत्रकै अन्न भन्डारको रुपमा परिचित भएपनि किसानले भोग्नु परेका समस्या , किसानले उत्पादन गरेका कृषि जन्य मामाग्री सस्तो मुल्यमा भारतमा निर्यात गर्नु पर्ने बाध्यता रहेको छ यसलाइ चिर्नका लागी पनि प्रदेशको राजधानि दाङ भएमा स्थानिय स्तरमा उत्पादन भएका सामान स्थानिय स्तरमै वढि खपत भएपछि किसानलाइ फेरि त्यहि सामान किन्दा महगों सुल्क तिर्नु पर्देन र भारतबाट आउने गुणस्तरहिन सामानलाइ विस्थापित गर्नका लागी बुटवल भन्दा दाङ राजधानि उपयुक्त हुने बताउनु भयो । साथै दाङ प्रदेश न ५ को राजधानि दाङ भएमा बर्दियामा उत्पादन गरिएका सामानहरु सहजै दाङ, सल्यान , रोल्पा , प्युठान , रुकुम लगायतका जिल्लामा निर्यात गर्न सहज हुने बताउनु भयो । शर्माले महत्वपुर्ण भनेको सुरक्षा चुनौति हो भन्दै यसका लागी बाकेको नेपालगञ्ज र बुटवल सहज देखिदैन भारत सग सीमा जोडिएको दाङ जिल्ला भएपनि प्रसासनिक भवन , बजार लगायत स्थान सीमा क्ष्ँेत्र देखि केहि सुरक्षित स्थानमा रहको बताउनु भयो ।

नेपाल वार एसोसीयसन बर्दियाका कार्यबहाक अध्यक्ष जंगबहादुर खडकाले सरकारले दाङलाइ ५ नम्वर प्रदेशको राजधानि बनाउने उदेश्यका साथ उच्च अदालत दाङमा नै राखिसकेको हुदा यसको विकल्प नभएको बताउनु भयो साथै उहाले हावापानिको हिसाव सगसगै पहाडि जिल्लाहरु लाइ पनि पायक पर्ने भएको हुदा “दाङ प्रदेश न ५ को राजधानि बनाइनु पर्छ यसको विकल्प छैन ” प्राकृतिक सम्पदालाइ पहिचान गरि पर्यटकिय क्ष्ँेत्र बनाउनका लागी ५ नम्वर प्रदेश नेपालको नमुना प्रदेश बन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

जिल्लाका राजनितिक दलहरुले आफनो आधिकारिक धारणा सार्वजनिक नगरेतापनि नेकपा माओवादि केन्द्र प्रदेश सभामा निर्वाचित सदस्य तिलक शर्माले दाङ नै प्रदेश न ५ को राजधानि हुनेमा कुनै संका नरहेको बताउनु भयो । आफुहरुले गहिरो अध्ययन गर्दा आज भोलीको मात्रै होइन भविश्यको लागी पनि हेर्ने हो भने दाङको विकल्प नभएको बताउनु भएको हो । साथै आफु दाङ नै प्रदेशको राजधानि हुनु पर्ने पक्षमा रहेको र पार्टिको पनि त्यहि निर्णय भएको हुदा दाङबाट मुख्यमन्त्रीको लागी भनेर नेकपा एमालेका नेता संखर पोख्रेललाइ अगाडि ल्याइएको बताउनु भयो । “दाङमा भौगोलीक सुगमता , सुरक्षा र अन्य कारणले पनि यसको विकल्प खोज्नु मुर्खता हो ” शर्माले थप्नु भयो ।

समाज सेवि बुद्धिजिवि एव थारु समुदायका अगुवा मोहनलाल थारुले शिहदरवारको अधिकार गाउ गाउ भन्ने नारा उठिरहेको बेला अव प्रदेशको राजधानि त्यस प्रदेशका सवै नागरिकको सहज पहुच हुनको लागी दाङ नै उपयुक्त हुने बताउनु भएको छ । लुम्विनी पर्यटकिय हिसाबले त्यसै पनि विकासको फडको मारिरहेको अवस्थामा लुम्विनि राजधानि हुदा भोली प्रदेश न ५ का अन्य जिल्लाहरु सोझै आझेलमा पर्ने भएको हुदा , ५ नम्वर प्रदेशका अन्य जिल्लालाइ पनि आर्थिक सामाजिक राजनितिक हिसाबले अगाडि लैजाने हो भने दाङनै उपयुक्त हुने बताउनु भयो । यसले गर्दा विकासमा पनि सन्तुलन ल्याउने बताउनु भयो । ५ नम्वर प्रदेशको राजधानि दाङ विचभागमा पर्ने भएका कारण पनि यसको विकल्प आवश्यक नभएको बताउनु भयो ।

समग्रमा प्रदेश न ५ को राजधानि भौगोलिक सुगमता , नागरिकको सहजता पहुच , सुरक्षाको स्थितिलाइ नियाल्दा दाङ राजधानि बाहेक अर्को विकल्प सोच्न नसकिने भएको छ बर्दियाका लागी ।