चितवन, २७ मंसिर । “अध्यक्ष ज्यू, माडीको बगई खोलाले गरेको क्षतिको अवलोकन गर्दा कसो होला ?” माडीका निर्वाचित मेयर ठाकुर ढकालले यसो भन्ने बित्तिकै प्रचण्डले भने, “जाउँ त स्थलगत निरीक्षण गरौं, अबको काम चुनावको बेला गरेका बाचा अनुसार काम गर्नु हो ।”

prachandaत्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गाडी बंगई खोलाको किनारै किनार अघि बढ्यो । बालुवाको बाटो हुँदै प्रचण्डको गाडी प्याउली बजारमा रोकियो । “यही हो अध्यक्ष कमरेड, गएको वर्ष बाढीले सबैभन्दा क्षति पुर्याएको ठाउँ” मेयर ढकालले पूर्वतिर देखाउँदै भने । त्यसपछि अध्यक्ष प्रचण्डले बाढीले गरेको क्षति र जनताको अवस्थाबारे अन्तरक्रिया गरे ।

“हामी २०४७ सालदेखि बस्दै आएका छौं, वर्षेनी बाढीले हाम्रो बस्ती बगाउँछ । हामी साह्रै समस्यामा छौं” स्थानीयले आफ्नो पीडा सुनाए । खबरडवलीमा समाचार छ- “तपाईहरुको समस्या मैले बुझेको छु, बैकल्पिक व्यवस्था गरेर यहाँको बस्ती सार्नुपर्ने देखियो” प्रचण्डले भने । नारायणी, राप्ती लगायतका नदीमा बर्सेनि आउने बाढीले चितवनमा घरबार बिहिनहरुको समस्या बिकराल छ ।

prachandaeeचुनाव जितेपछि प्रचण्डको ध्यान विजय जुलुस र बधाई थाप्नेमा देखिँदैन । बरु, आफ्नो अमूल्य मत दिएर चितवनको विकास गर्ने अवसर दिएकोमा मतदातालाई धन्यवाद दिन जनताको घरदैलोमा छन् । मतदातालाई धन्यवाद दिने क्रममा अध्यक्ष प्रचण्डको रुचि विशेष गरी विकास निर्माणमा देखिएको छ ।