सुनसरी, २७ मंसिर । प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत प्राप्त गरेकी छन् । गच्छदारले चौधरीलाई ३ सय २१ मतले पछि पारेर विजयी भएका हुन् । योसँगै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।