इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । दाङमा गाई काटेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका वडा नं. ७ बाट तीन जनालाई गाई काट्दै गरेको अवस्थामा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएकी छन् ।
पक्राउ गरिएका मध्ये तीन महिला र चार पुरुष भएको प्रहरीले जनाएको छ । गाई काटेर सुकुटी बनाउने र जरायोको सुकुटी भनेर विक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको नेर्तत्वमा खटिएको प्रहरीको टोलीले स्थानीय विरसिंह थापासहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।