देउखुरी । नवनिर्वाचित प्रदेश सभा सद्स्य इन्द्रजित थारुको जितमा देउखुरीबासीले खुसियाली मनाएका छन । निर्वाचन जितेपछि मतदातालाई धन्यबाद दिन आफ्नो निर्वाचन क्षेत्र पुगेका थारुलाई स्थानीयले फुलमाला लगाएर भव्य स्वागत गरेका छन।

received_1702931839738454सामान्य किसान परिवारमा जन्मिएर राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका भन्दै उनिहरुले देउखुरीको विकासका लागि शुभकामना व्यक्त गरे । जितको खुसियाली मनाई रहेका स्थानीयले एकआपसमा अबिराआवरण गरेर बधाई साटासाट गरेका थिए ।

received_1702931833071788स्वागतका क्रममा सम्बोधन गर्दै प्रदेश सभा सदस्य थारुले आफ्नो जित व्यक्तिगत नभई सम्पुर्ण देउखुरीबासीको जित भएको बताउनुभयो ।साथै उहांले ५ वर्ष भित्र मतदाताले भोट दिएकोमा गर्व लाग्ने गरि काम गर्ने बताउनुभयो ।

received_1702931779738460

received_1702931806405124

received_1702931819738456

received_1702931889738449

received_1702931826405122

received_1702931893071782

received_1702931776405127