जाजरकोट, २३ मंसिर । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत भारी मत प्राप्त गरी विजयी भएका छन् ।

shakti-basnet-1बस्नेतले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मदवार राजीवविक्रम शाहलाई करिब नौ हजार मतान्तरले पराजित गरेका हुन । प्रदेश नं ६ का माओवादी केन्द्रका इन्चार्ज समेत रहेका बस्नेतले ३२२८१ मत प्राप्त गरी विजयी भएका हुन । भने उनका निकटतम प्रतिद्वन्द्वी शाहले २३२८९ मत प्राप्त गरेका थिए ।