इन्द्रेणी संवाददाता
दाङ, १९ मंसिर । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाका लागि दाङमा ८१ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभा सदस्यको ३ सिट र प्रदेश सभा सदस्यका ६ सिटका लागि ८१ जना उम्मेदवार चुनावमा भिड्दैछन् ।
जिल्लामा विभिन्न दलका गरी १३ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा महिला १ लाख ७२ हजार ८ सय ३३ जना र पुरुष १ लाख ६६ हजार १ सय १८ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाता झण्डै ६ हजार ७ सयभन्दा वढी छन् ।