माडी, १८ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पदका लागि वाम एकता केन्द्रित नभएको बताएका छन्। स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्र मिलेको उनको भनाइ छ।
चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको बताए। ‘मलाई पत्रकारले पार्टीको प्रमुख को बन्छ भन्दै सोध्छन्ु, उनले भने, ‘अध्यक्ष बन्नकै लागि भए अहिले नै अध्यक्ष छौं, किन मिल्नुपथ्र्यो र रु हामी विचार मिल्नेहरू देशलाई समृद्धिमा लैजाने संकल्प गरेर अघि बढेका छौं।
उनले पुराना कुरालाई बिर्सिएर नयाँ उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। द्वन्द्वकालमा भएको बाँदरमुढे घटना दुःखद् भएको उल्लेख गर्दै उक्त घटनालाई मात्रै सम्झिएर अलमलिन नहुने धारणा व्यक्त गरे। ‘माओवादीले जनयुद्ध गर्दा म त्यसको विरुद्धमा थिएँु, उनले भने, ‘अब तर त्यही कुरा मात्रै सम्झिएर अलमलिने होइन, विकासमा लम्किनुपर्छ।
अन्नपूर्णमा खबर छ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा भोट मागिदिनका लागि ओली माडी आएका हुन्। उनी चुनावी सभालाई सम्बोधन गर्नेबित्तिकै फर्किएका थिए। माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो उम्मेदवारीले देशको ध्यान तानेको बताए। ‘मेरो उम्मेदवारीले गर्दा राष्ट्रिय रूपमा सबैको ध्यान माडीमा छु, उनले भने, ‘विकासको लहरले माडीलाई मणि बनाउने मेरो सपना हो।ु। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउनु १० वर्षे सशस्त्र द्वन्द्वको उपलब्धि भएको दाबी गर्दै उनले द्वन्द्वको सबैभन्दा ठूलो गल्तीका रूपमा बाँदरमुढे घटना रहेको बताए। बाँदरमुढे घटनाको बहानामा राजनीति गर्न खोजेको उनको गुनासो थियो।











