इन्द्रेणी संवाददाता
दाङ, १७ मंसिर । दाङ प्रदेश नं. ५ को राजधानी बन्ने पक्का भएको भन्दै अब घोषणा हुन मात्रै बाँकी रहेको उम्मेदवारहरुले बताएका छन् । आज पत्रकार महासंघ दाङले दाङको घोराहीमा आयोजना गरेको ‘संमृद्ध दाङ, दाङ राजधानी’ प्रतिवद्धता कार्यक्रममा बोल्दै क्षेत्र नं. २ का उम्मेदवारहरुले दाङ प्रादेशिक राजधानी बन्ने आधारहरु प्रसस्त भएको उल्लेख गर्दै घोषणा हुन मात्रै बाँकी रहेको दावी गरे ।

24282315_10210419453554505_691113932_nकार्यक्रममा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले दाङलाई प्रदेश नं. ५ को राजधनाी बनाउन सबैसँग छलफल भइसकेको र यसका आधारहरु पनि धेरै भएकाले अब घोषणा हुन मात्र बाँकी रहेको बताए । दाङ पश्चिम नेपालकै केन्द्र बन्ने र यसका आधारहरु प्रसस्त भएको भन्दै यहाँ राजधानी बनाउनका लागि यो प्रदेशका सबै नेताहरुसँग एकपटक छलफल भएर सहमति समेत भइसकेको उनले बताए । ‘हामीले दाङलाई प्रदेश नं. ५ को राजधानी बनाउन प्रदेशका नेताहरुसँग पनि छलफल भइसकेको छ’, भने, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भइसकेको छ सहमति पनि जुटिसकेको छ ।’
उनले अर्काे एक प्रशंगमा बाम एकता चुनावसम्मका मात्रै नभएर पार्टी एकतासम्म भएको बताए ।

कार्यक्रममा बाम गठबन्धनको तर्फबाट क्षेत्र नं. २(१) प्रदेश सभाका सदस्यका उम्मेदवार शंकर पोख्रेलले दाङ प्रदेश राजधानी बन्ने सम्भावनाका आधारहरु उल्लेख गरे । उनले राजधानी बन्नका लागि अति आवश्यक सुरक्षा संवेदनशीलता रहेको र त्यसको हिसावले दाङ अत्यन्त उपयुक्त भएको, जनताको सुगमता, मानव वसोवास हावापािनी उपयुक्त, पूर्वाधार विकासको भसम्भावनलगायतका आधारहरु भएको उनले बताए ।

त्यस्तै नेपाली काग्रेसका तर्फबाट दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु खनालले पनि दाङ राजधानी बन्ने आधारहरु धेरै भएको बताउदै प्रदेश नं. ५ को राजधानी दाङमै बन्ने बताए । उनले यसका लागि पूर्वाधारहरुको केही विकास हुदै गएको बताए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई समाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्न आग्रह गरे । चुनाव सम्पन्न गर्नु पत्रकारहरुको पनि दायित्व भएको उल्लेख गर्दै उनले पत्रकारिता र निर्वाचन आचारसंहितामा रहेर चुनावको रिपोटिङ गर्न अनुरोध गरे । कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।