पाण्डव शर्मा
नारायणपुर, १७ मंसिर । उपप्रधानमन्त्री एवम् दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णहादुर महराले दाङ विकास गर्ने स्पष्ट भिजन आफूसँग भएको बताएका छन् ।
नारायणपुरको चाँगुमा घरदैलो अभियानमा पुगेका महराले दाङको समृद्वि अहिले आफ्नो प्रमुख एजेण्डा भएको बताएका हुन् । उनले दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउनका लागि सबै सिट गठबन्धनले जित्नु पर्ने आवश्यकता औंल्याए ।
महराले दाङलाई पश्चिम नेपालको आर्थिक केन्द्र बनाउनको लागि लुम्वीनि र ६ नम्मर प्रदेशसँग जोड्नु पर्ने बताए । उनले दाङलाई आर्थिक र पर्यटनको केन्द्र बनाउनु पर्ने बताए ।
महराले निर्वाचन पछि बन्ने वाम गठबन्धनको सरकारले देश विकाशको स्पष्ट खाका तयार गर्ने जानकारी दिए ।
पछिल्लो दस वर्ष संविधान निर्माण र शान्तिप्रकृयामा ध्यान दिएको जानकारी दिदै अब सबै ध्यान दाङको विकाशमा लाग्ने प्रतिवद्वता व्यक्त गरे ।
