पाण्डव शर्मा
विजौरी, १७ मंसिर । उपप्रधानमन्त्री एवम् दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार कृष्णबहादुर महराले मङ्सिर २१ गते जनताले जित्ने बताएका छन् ।

maharaचुनावी अभियान अन्तरगत आज विहान विजौरी पुगेका महराले निर्वाचनमा विकास र समृद्विको एजेण्डाले जित्ने बताएका हुन् । उनले जनताले जिकास प्रेमी दल र उम्मेदवारलाई विजयी गराउने ठोकुवा गरे ।

दाङमा अन्य उम्मेदवार भन्दा गठबन्धनका उम्मदवार निकै धेरै मतका साथ विजय हुने उल्लेख गर्दै महराले दाङको समृद्वि र प्रदेश राजधानी चाहने जनताले गठबन्धनलाई साथ दिने धारणा व्यक्त गरे ।

उनले आफू अर्थमन्त्री हुँदा दाङको विकासमा साढे पाँच अर्ब बजेट विनियोजन गरेको जानकारी दिदै काङ्ग्रेसको नेतृत्वसँग विकाशको भिजन नभएको दावी गरे । महराले यस पटक काङ्ग्रेस भित्रका ईमान्दार नेता तथा कार्यकर्ताले आफूलाई साथ दिने बताए ।