काठमाडौं १६ मङ्सिर । सरकारले पृथ्वीजयन्तीमा पुनः बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको थियो ।
बिदा कटौती भएसँगै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले निरन्तर पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गर्दै आएको थियो । यसैक्रममा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको ठाडो प्रस्तावमा बिदा दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार गृहमन्त्रालयले आगामी क्रिसमसमा सार्वजनिक बिदा दिने प्रस्ताव लगेको थियो । सो प्रस्ताबारे जानकारी पाएसँगै कमल थापाले पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय गरौं भनि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)