दाङ, १५ मंसिर । नेपाल पत्रकार महासंघ दाङले उम्मेदवारसँग अन्तक्र्रिया गर्ने भएको छ । आसन्न निर्वाचनका उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

fnj dang‘समृद्ध दाङ, दाङ राजधानी’ शीर्षकमा जिल्लाका उममेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको भन्दै अध्यक्ष प्रियासनले पहिलो चरणमा क्षेत्रनम्वर ३ का उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको बताए । यही आउँदो मंसिर १६ गते शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाकक्षमा उम्मेदवारसँग बिहान १० वजे अन्तक्र्रिया कार्यक्रम हुने अध्यक्ष प्रियासनले जानकारी दिए ।

यसैबीच कार्यक्रममा उपस्थितिका लागि महासंघले सबैमा अनुरोध गरेको छ । महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओलीले विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।