इन्द्रेणी संवाददात
दाङ, १५ मंसिर । उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का बाम उम्मेदवार कृष्णबहादुर महराले आफू सिंगो दाङवासीको साझा उम्मेदवार भएको बताएका छन् ।
बिजौरीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले आफू बाम गठबन्धनको उम्मेदवार भए पनि मत भने सबै दलसँग आस्था राख्ने मतदाताबाट पाउने बताएका हुन् ।

24273197_10212930743696644_383333078_nदाङमा नौवटै सिटमा गठबन्धनले जित्ने दाबी गर्दै महराले आफूलाई इमान्दार कांग्रेसको पनि प्रत्यक्ष सहयोग रहेको बताए । दाङ प्रदेश राजधानी आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट गर्दै उनले पश्चिम नेपालको केन्द्र पनि दाङ बन्ने बताए ।

प्रदेश राजधानी बनाउन बाम गठबन्धनका सबै उम्मेदवारले जित्नुपर्ने पनि महराको भनाइ थियो । आफू अर्थमन्त्री हुँदा दाङमा पाँच अर्ब बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले अझै गर्न धेरै बाँकी रहेकाले आफूले योजनाबद्ध विकास गर्ने बताए ।

प्रदेशसभा सदस्य उम्मेदवार अमरबहादुर डाँगीले जनताको समृद्धिका लागि गठबन्धनले जित्नुपर्ने बताए । उनले जनता सचेत भइसकेकाले कसैले भ्रम छर्न जरुरी नरहेको बताए । महरा र डाँगीले बिहीवार बिजौरी, बनकट्टा, नारायणपुर, दूधराश, मग्जैलगायनका स्थानमा आयोजित चुनावीसभालाई सम्वोधन गरेका थिए । बिजौरीमा भएको कार्यक्रममा समाजसेवी वीरबहादुर पुनको नेतृत्वमा १३ जना पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहलाई महराले स्वागत गरेका थिए ।

खत्री बन्धु र महरा समाजद्वारा स्वागत
यसैबीच बिहीवार महरालाई लामिछाने खत्री गर्ग गोत्र र महरा एकता समाज दाङले स्वागत गरेका छन् । उनीहरुले छुटछुट्टै कार्यक्रम गरी स्वागत गरेका हुन् । लामिछाने खत्री गर्ग गोत्रका अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महराले एकपटक आफूले अध्ययन गरेको, आफूले एकपटक चुनाव जितिसकेको र फेरि चुनाव लडेको दाङ आफ्नो सबैभन्दा भरपर्दो कर्मथलो भएको बताए ।