इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । उपप्रधानमन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कृष्णबहादुर महरा र प्रदेशसभा २ (२) का उम्मेद्वार अमरबहादुर डाँगी चुनावी अभियानअन्तर्गत नारायणपुर बजारमा घरदैलो गरेका छन् ।

mahara - janataमहरा र डाँगी करीव साढे २ घण्टा पैदल हिडेर जनताको घरघरमा पुगेका हुन् । उनीहरुसँग घरदैलोमा सयौं स्थानीयहरु पनि सहभागी थिए । नारायणपुरमा महरा र डाँगीलाई स्थानीयहरुले फूलमाला लगाएर स्वागत गरेका थिए । महराले वाम गठबन्धनको विजय सुनिश्चित भईसकेको बताए ।

काग्रेसभित्रका इमान्दार कार्यकर्ताले पनि आफूहरुलाई मतादान गर्ने समेत दावी गरे । जनताहरु समृद्विको पक्षमा रहेकाले दाङ राजधानीका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदाता आतुर भएको बताए ।