रुकुम, १४ मंसिर । मंसिर १० गते मतदानका क्रममा एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा १५ मंसिरमा पुनः मतदान हुने भएको छ ।

vot halne tayariएसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान गराउनु भन्ने निर्वाचन आयोग केन्द्रको पत्रअनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए।

उनका अनुसार मतपत्र नष्ट भएका बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको लागि मात्र मतदान हुनेछ भने आठ–बीसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ।