तुलसीपुर , १२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा रहको शान्ति पुस्तकालयलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ । प्रो पब्लिक संस्थाबाट सञ्चालन भईरहेको उक्त पुस्तकालय वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

24099144_193720334532524_1476239004_nसामाजिक सहजकर्ता चन्द्रबहादुर घर्तीमगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच उक्त पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि पाण्डेले पुस्तकालयलाई सामुदायीक सिकाई केन्द्रका रुपमा बिकास गर्ने बताएका छन् । उनले पढ्ने वानीको विकासले मान्छेको सोचमा परिवर्तन आउने समेत वताए । कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष माधव वली लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सामाजिक सहजकर्ता सीमा घर्ती मगरले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहजकर्ता तिला रोकाले गरेकी थिईन् ।