झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको झापाको भद्रपुर–१० स्थित घरमा गएराति बम विष्फोट भएको छ ।
घर पछाडि शौचालयनिर सुतली राती पौने १ बजे बम विष्फोट गराइएको भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । कांग्रेस नेता सिटौला झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।
