
अाफु पार्टीकाे निर्देशन अनुसार चुनावी काममा खटेकाे बताउदै उनले पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार नै पार्टी कामका लागि लाजिम्पाट बाट पोखरा गएकाे बताइन ।
त्यही माैका छाेपी घरबाट बाहिर पठाइएको गलत समाचार अाएकाे भन्दै उक्त समाचारले थप मर्माहत बनाएकाे भनेकि छन ।
प्रकाश पत्नी सिर्जनाले छोरा प्रसिद्धलाई ससुरा प्रचण्डसँगै छाडेर आफू चुनावी काममा पोखरा गएको बताइन ।
‘हामी सवै शोकको घडीमा छौँ । यति हुँदाहुँदै पनि अध्यक्षले चुनावसम्म परिवारका सवै सदस्य पार्टी काममा फर्कन आग्रह गर्नुभयो ।
त्यसै अनुसार उहाँ आफै चितवन जानुभयो । छोरी र ज्वाईँहरु पनि चुनावी काममा खट्नु भयो त्यही अनुसार हामी पनि आ आफ्नो क्षेत्रमा चुनावी कामा जुट्याैं’ प्रकाश पत्नी सिर्जनाले भनिन् । खबरडबलीबाट