पाण्डव शर्मा

घोराही । मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गरी भएको १० वर्षे जनयुद्ध नेपाली समाजको एउटा ऐतिहासिक परिघटना हो । जनयुद्धमा कैयौं मान्छेहरु सहभागी भए । त्यहि युद्धकको क्रममा कैयौंको ज्यान पनि गयो ।

dang hq

युद्ध भनेपछि युद्धका नेतृत्वकर्ताहरुको सुरक्षा एउटा प्रमुख चुनौती पनि हो । त्यतिबेला राज्य पक्षका सत्ता सञ्चालकहरु कहाँ बस्छन् रु उनीहरु के खान्छन् रु र कस्ता छन् भनेर सबैलाई थाहा हुन्थ्यो ।

तर, विद्रोहीको भने बस्ने र खाने ठेगान नै हुँदैन थियो । जनयुद्धको उद्गम थलो राप्तीका चार जिल्ला रोल्पा, रुकुम, सल्यान र प्यूठानमा पहाडी भूभाग भएकाले विद्रोही पक्ष तत्कालिन नेकपा माओवादीलाई लुक्न र आफ्ना गतिविधि सञ्चालन गर्न तुलनात्मक रुपमा सजिलो थियो ।

तर, दाङ जस्तो समथर भूमीमा माओवादीहरुलाई आफ्नो जिल्ला कार्यालय सुरक्षित रुपमा सञ्चालन गर्न निकै कठिन थियो । अहिले पनि धेरैले कल्पना पनि गर्न सक्दैनन् युद्धकालको करिव ७ वर्ष माओवादीको डिएचक्यू ९डिष्ट्रिक हेड क्वाटर० एउटै घरमा थियो भनेर ।

हो, २०५४ साल देखि २०६० सालको अन्त्य सम्म माओवादीको जिल्ला हेड क्वाटर दाङको काभे्र गाविस स्थित मुलावारीमा रहेको शिवलाल मल्लको घरमा बसेको थियो ।

यस अबधिमा माओवादी दाङको इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’, कुलप्रसा केसी ‘सोनाम’, कुवेर वली, विवेक क्षेत्री र हेमराज शर्मा ९डायमण्ड० ले सम्मालेका थिए । पाँचै जना जिल्ला इञ्चार्जले यहि घरलाई जिल्ला कार्यालय बनाएका थिए ।

घोराही देखि करिव २२ किलोमिटर पूर्व उत्तरमा अबस्थित मुलावारीमा कैयौं पटक नेपाली सेना पुग्यो । तर, त्यहाँ माओवादीको हेड क्वाटर बस्छ भनेर भेउ पनि पाउन सकेन ।

malla-1-1024x576

‘मेरो घरमा प्रचण्ड, वावुराम, मोहन वैद्य, रामबहादुर थापा ९वादल०, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु आएर बस्नुभएको छ,’ उक्त घरका घर धनि शिवलाल मल्लले चेतना अनलाइनलाई भने, ‘हामीले निकै गोपनियता कायम गर्नुपर्दथ्यो ।’

माओवादी दाङका तत्कालिन जिल्ला इञ्चार्ज हेमराज शर्मा ९डायमण्ड० ले २०६० सालमा ‘एक्सपोज’ हुने खतरा बढेपछि त्यहाँबाट जिल्ला हेडक्वाटर रोल्पाको झेनाममा सरेको बताए ।

त्यतिबेला माओवादीको आफ्नै सञ्चार समयन्त्र थियो । काभ्रे गाविसमा पर्ने मौवा डाँडामा माओवादीले सञ्चारका लागि टावर नै खडा गरेको थियो । सो टावरले दाङ जिल्लाभर काम गर्दथ्यो ।

‘नेपाली सेनाको जस्तै हामीसँग पनि छुट्टै सञ्चार सेट थियो,’ डायमण्डले भने, ‘हाम्रा साथिहरु घोराहीको ट्राफिक चोकमै गोप्य रुपमा बस्नुहुन्थ्यो, नेपाली सेना यता आउन लागेको खबर त्यहिबाट सञ्चार सेट मार्फत खबर गर्नुहुन्थ्यो ।’

माओवादीले लक्ष्मीपुर र रामपुरका विभिन्न स्थानमा आफ्ना सेन्ट्रिहरु खटाएको थियो । उनीहरुले नेपाली सेनाको गतिविधिको वारेमा सूचना संकलन गरेर जिल्ला हेडक्वाटरलाई बुझाउँथे ।

२०५८ सालमा माओवादीले पहिलो पटक घोराही स्थित तत्कालिन शाहि नेपाली सेनाको व्यारेकमाथि धावा बोल्यो । त्यसको सम्पूर्ण तयारी बैठक मुलावारीकै त्यहि घरमा बसेको थियो थियो ।

त्यतिबेला तत्कालिन जनमुक्ती सेनाका कमाण्डार हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले त्यहि घरबाट घोराही व्यारेक आक्रमण्को कमाण्ड कन्ट्रोल गरेका थिए ।

शनिवार मुलावारीमा आयोजित संयुक्त वाम गठबन्धनको चुनावी सभामा माओवादी नेता एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले उक्त घरका घरधनि शिवलाल मल्ललाई भेटे । महरालाई भेटेर मल्ल निकै प्रफुल्ल भएका थिए ।