काठमाडौं, २९ कार्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियारले समातेको छ । १० लाख रुपैयाँ घुस रकमसहित मंगलवार पक्राउ परेका दुई कर्मचारीलेपोल खोलेपछि त्यसमा उनी पनि संलग्न भएको आरोपमा पाण्डेलाई आज पक्राउ गरिएको हो ।

pandeyआयोगले मङ्गलवार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । घुस रकममा विभागका महानिर्देशकको समेत संलग्नता देखिएपछि पाण्डेलाई पनि पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

बैदेशिक रोजगारीमा हुने अनियमित गतिविधि रोक्नको लागि अनुगमन, नियमन र कारवाहीको अधिकार पाएको विभागले कार्यालयमा परेका उजुरीहरु मिलाउने नाममा घुस रकम लिएको अख्तियारको भनाई छ ।