केशरमान बुढाथोकी 

दाङ २४ कार्तिक । जनयुद्धका बेला महरा भूमिगत हुँदा माओवादी छापामार हरुका लोकप्रिय नेता नै थिए। सबै जनमुक्ती सेनाहरु उनको मुक्तकण्ठले प्रसंसा गर्थे । अनि उनको सुरक्षाको लागि जो पनि तयार हुन्थ्ये । महरा पार्टीको कामको सिलसिलामा रोल्पाबाट भारत सम्म जानुपरे जानेबाटो गुरिल्लाहरुको लामालास्कर सहित रातिमा सुटुक्क हिड्थे त्योबाटो । उतिबेला रातारात हिड्दा खाल्टै खाल्टो भएकाले खुटामा चोटपनि लाग्थ्यो रे । त्यहि बाटोमा आज महरा पुगे गुरिलाको लामालास्कर संग होइन जनता संग ।

mahara1

तर जनता फ़ेरिएकाछन बाटो फेरिएको छैन । उस्तै खाल्टा खुल्टी उस्तै धुलो । त्यो बाटो हो दाङको बिजौरीदेखि स्यालापानीहुँदै रोल्पाको दहवनसम्म पुग्ने बाटो । यो बाटो जनयुद्धका बेला निकै सुरक्षित ठान्दथे माओवादी गुरिल्लाले । त्यसैले त यो बाटो नहिडेका कुनै माओवादी नेता छैनन् । झनै महरा त नहिड्ने कुरै भएन ।

त्यहि बाटोमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लामो समयपछि आज पुगे अनि एकैछिन भावुक भए । कारण अहिलेसम्म यो बाटोको स्तर उन्नती भएको रहेनछ । अनि महराले भने– यसले कालोपत्रे गर्न मलाइ नै पर्खेको रहेछ , अब मेरो प्रमुख प्राथमिकतामा यहि बाटोको स्तरउन्नती हुनेछ ।

23514954_137526286903142_618517267_o

महरा युद्धकालमा पानी मागेर खाने जनताको घरमै पुगेर आफ्नो पुरानो सम्झना सुनाए र दाङको विकासका लागि ती जनता संग भने यो लामो राजनीतिक यात्रा पछि अब म जति समय सक्रिय रहन्छु, विकास निर्माणकै राजनीतिमा सक्रिय रहनेछु त्यसैले तपाइहरु ढुक्क हुनुहोस अब म यो क्षेत्रको बिकासका लागि अहोरात्र खट्नेछु ।

नेता महरा अहिले वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका साझा उम्मेदवार बनेर औपचारिक रुपमा भोट माग्दै जनताको घरदैलोमा पुगेर जनताका गुनासा सुनिरहेकाछन् । जनताको बिकास निर्माणको मागका ठुला ठेली बोकेर महराले जनता संग प्रतिबद्दता गरे अब मैले यो मैले यो क्षेत्रको सर्वाङ्गिन बिकासका लागि केन्द्रबाट सकेजति पहल गर्नेछु ।