देउखुरी, २४ कात्र्तिक । संयुक्त निर्वाचन परिचालन समिति दाङ क्षेत्र नं. १ को आयोजनामा लमही नगरपालिकाको वडा नं. १ र २ मा वडा स्तरीय संयुक्त भेला आज सम्पन्न भएको छ । वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय वनाउन टोल–टोलमा परिचालन हुन कार्यकर्तालाई निर्देशन दिइएको छ ।

Metmaniवडा नं. १ का संयुक्त निर्वाचन परिचालन कमिटिका अध्यक्ष नुमराज पौडेलको अध्यक्षता एवम् नेकपा एमालेका पोलीटब्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाम गठवन्धनका प्रतिनिधि सभाकप्रदेश सभा क्षेत्र नं. १(२)का साझा उम्मेदवार रेवतीरमण शर्मा, समानुपातीक उम्मेदवार सरस्वती गौतम, दामा शर्मा, सिता यादव, संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक शुरामणी वेल्वासे, माओवादी केन्द्रका लेखराज रेग्मी लगाएतका वक्ताहरुले भेलालाई सम्वोधन गरेका थिए ।

यसैगरी वडा नं. २ को सोनपुरमा संयुक्त भेला सम्पन्न भएको छ । वडा संयोजक रेशम केसीको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारहरुले वाम गठवन्धनको विजयले मात्र देशमा समृद्धिको ढोका खोल्ने विश्वास दिलाए ।

भेलालाई सम्वोधन गर्दै संयुक्त वाम गठवन्धनका प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले जसले विश्व विद्यालय तथा मन्दिरको नाममा रहेको जग्गा जोत्दै आएका किसानको नाममा दिनेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले पोलीटब्यूरो सदस्य भागवत विश्वासी, प्रदेश सभा सदस्यका उम्मेदवार रेवतीरमण शर्मा, समानुपातीक उम्मेदवार सरस्वती गौतम, दामा शर्मा, सिता यादव लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।