इन्द्रेणी संवाददाता

दाङ, २३ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका उप प्रधानमन्त्री कृष्णबहादुर महराले जमिनमा रहेको द्वध सामित्व अन्त्यहुने बताएकाछन् । घोराही उप महानगरपालीका १४ झिगौराका किसानहरु संग कुरा गर्दै नेता महराले यस्तो बताएकाहुन् । सहिद परीवारहरुसंग भेटघाट गर्दै नेता महराले किसानहरुको हकहितका लागि लडेको पार्टि नेकपा माओवादी केन्द्रले किसानका मुद्धामा कहिलेपनि संझौता नगर्ने बताएकाहुन् ।

km1

किसान आन्दोलनका वेला जमिनको स्वामित्वका लागि लड्दालड्दै सहादत प्राप्त गर्ने ति महान सहिदहरुको बलिदानीलाई खेरजान नदिने बताएकाछन् । किसानको समस्या समाधानका लागि लाग्दा पनि अन्य कुनै दलले सहयोग नगरेका कारण पनि मोहीयानी समस्या समाधान गर्न नसकेको नेता महराले बताए । दाङ जिल्लामा मात्र तीन सय भन्दावढि भुमि सम्वन्धी समस्या रहेको उललेख गर्दै नेता महराले अहिलेको निर्वाचनपछि वन्ने स्थायी सरकारले त्यसको अन्त्य गर्ने बताएकाछन् ।

km3

आफु पटकपटक मन्त्री हुँदा पनि मुमिसुधार मन्त्री अर्को पार्टिको भएकाले यो समस्याको समाधान गर्न नसकेको नेता महराको भनाई छ । अहिले बाम गठवन्धनले संयुक्त घोषणा पत्रमा भुमि समस्याको अन्त्यका उल्लेख गरेको बताउदै नेता महराले यो १० वर्षमा सामन्तवादी सोच भएका मानिसहरुका कारण जमिनमा भएको द्वैध स्वामित्व अन्य गर्न नसकिने बताए ।

km4

कार्यक्रममा जनयुद्धका सहिद ओमभक्त चौधरी “विजय”की आमा प्रदेशी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा झिगौराका किसान प्रभु चौधरी, भक्तबहादुर चौधरी, लालबहादुर चौधरी लगाएतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन किर्तिमान पुनले गरेका थिए ।

km5

Edit