गोरखा, ५ कार्तिक । निर्वाचन प्रक्रिया सुरु हुनु अगाडी नै चर्चाको रुपमा रहेको गोरखा क्षेत्र नं. २ बाट वाम गठबन्धन्का साझा उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन । श्रेष्ठले जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराउन एमाले र माओवादीका कार्यकर्ता बाजागाजासहित नारा जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मै उम्मेदवारी दर्ता गर्ने तयारीमा छन ।
वाम गठबन्धनबाट गोरखा–२ मा प्रदेशसभा ‘क’ मा माओवादीकै कमला नहर्की र ‘ख’ मा माओवादी केन्द्रका अमरबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । एभरेष्ट दैनिकबाट











