कञ्चनपुर ३ कार्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ को गाउँमा पस्दा सिंगो गाउँ आतंकित भएको छ । गाउँ मा पसेर हात्तीले गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ ।

jangali hatti 960

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाउनु परेको पीडित परिवारले बताएका छन् । तिहारकै बेला हात्तीको बथानले अन्न सबै खाइदिँदा र लगाउने, ओढ्ने बिछ्याउने कपडासमेत च्यात्चुत पारेपछि पीडित परिवार छिमेकीको शरणमा पुगेका छन् ।