इन्द्रेणी संवाददाता 

दाङ ३ कार्तिक । आज तिहारको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । हिन्दूहरु गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रुपमा मान्छन् । आज गाईलाई सिँगारपटार र पूजाआजा गरी माला लगाई मीठो खानेकुरा खुवाईन्छ ।

tiharko chautho din gobardhan puja 960

आजै रक्षा बन्धनको दिन बाँधेको डोरोलाई मृत्युपछिको कष्टमय सागरबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ गाईको पुच्छरमा बाँधिन्छ । कतिपय ठाउँमा हिजो नै गाईतिहार मनाईएको छ ।

आजै खेतबारी जोतेर किसानलाई ठूलो गुन लगाउने गोरु तथा बाच्छालाई पनि पूजा गरी मीठो खानेकुरा खान दिइन्छ । गाईलाई खुवाईएको तथा पुजा गरिएको चामलको पिठोबाट घरको भित्तामा बशुधारा राख्ने चलन पनि छ । आज गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पूजा गरिन्छ ।