काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रचण्ड-र-ओली-देउवा-र-बामदेवभेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकारमा रहने कि नरहने भन्ने विषयमा कुराकानी भएको बताइएको थियो ।
निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरु सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो । रासस