काठमाण्डौ, २५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकता विश्व समाजवादको नयाँ मोडल भएको बताएका छन् ।

pk960अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलन रक्षात्मक अवस्था र नेपालको कम्यूनिष्ट आन्दोलन आक्रामक भएको बेला यो एकताको खाँचो भएको उनले बताए ।

बुधवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा आन्दोलनको पुरानो रुपको अन्त्यगरी नयाँ आन्दोलनबाट क्रान्तिको अभिभारा पुरा गर्ने लक्ष्य अनुरुप बाम एकता हुन लागेको प्रचण्डले बताए ।