शान्तकुमार बुढा मगर

मलेसिया असोज १७ पोखरा लेखनाथ उपमहानगर पालिकाको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिक भत्काइएको प्रती मगर संघ मलेसियाले बिज्ञप्ती जारी गरेको छ । जहानिया राना शासनका उत्पादक जंग बहादुर राणाको विरुद्ध सशस्त्र युद्धको घोषणा गर्दै गर्दा निरंकुश जंग बहादुर राणाको आदेशमा फाँसी दिइएका प्रथम सहिद थापा लाई सरकारी स्तर बाटै बेला बेलामा विभेद गर्दै आइरहेको र त्यसैको नमुन पोखराको यस घटनाले पुष्टि गरेको बिज्ञप्तीमा बताइएको छ ।

22243671_2029608540401261_814241395_o

संघ कि अध्यक्ष पुस्मिता ठाडा मगर तथा महासचीव सागर गाहा मगर द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा नेपाल मगर संघ ( तात्कालिक लांघाली संघको)र लखन थापा स्मृति प्रतिष्ठानको पहलमा २०७२ असोज ३ गते नेपाल सरकार बाट प्रथम सहिदको मान्यता पाएका थापाको सालिक पुरानो पृथ्वी चोकमा नेपाल मगर संघ कास्कीले आफ्नै लगानिमा निर्माण गरेको र उक्त सालिक २०७४ आस्विन ९ गते पोखरा लेखनाथ उपमहानगरले कुनै निर्णय बिनानै भत्किएको भन्दै किन भत्किएको ? र उपमहानगर पालिकाले कुन शैली अपनाउन लागेको हो ? कि अरुकै सलिक उभ्याउन खोजेको हो ? भन्दै प्रश्न समेत गरिएको छ ।

त्यस्तै बिज्ञप्तीमा बिरोधका पश्चात् पुनः उहीँ ठाउमा सालिक राख्ने निर्णयले शंका पैदा गरेको भन्दै राष्ट्रकै गहना प्रथम सहिद थापाको सालिक हटाउने उक्त कार्य प्रति मगर संघ मलेसिया परिवार घोर भर्त्सना गर्दछ। बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै संघले बैदेसिक रोजगारि को शिलशिलामा ताप्लेजुङ घर भई मलेसिया मा कार्यरत अादिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष शेर्पा किदुङ का महासचिव शेर्पा सञ्चार मिडियाका सञ्चालकसमेत रहेका मिङ्मा शेर्पाको असामयिक निधन प्रती बिज्ञप्ती मार्फत शोक प्रकट गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ मलेसिया अाएर पनि आफ्नो पहिचान को निम्ति निडर भएर अगाडि बढिरहनु भएका हाम्रा सहयात्रि अादिवासी जनजाति महासङ्घ मलेसिया का अध्यक्ष शेर्पा किदुङ का महासचिव शेर्पा सञ्चार जस्ता मिडिया सञ्चालक मिङ्मा शेर्पा ज्यु को यहि असोज १३ गते बिहान कर्तब्य पालन को शिलशिलामा अकस्मात अर्ध अचेत रहेको र सहपाठि मित्रहरुले फेला पारि कम्पनि को सहयोगमा अस्पताल पुर्याउदा असमायिक निधन भएसको समाचार ले हामी असाध्यै मर्माहत भएका छौ । अादिवासि जनजाति प्रबासि नेपाली हरु प्रति वहाको य‍ोगदान अतुलनिय रहेको छ र यो हामी कहिलै पनि भुल्ने छैनौ ।

यश शोकाकुल घडिमा हाम्रा मित्र अादिवासि जनजाति महासङ्घ का अध्यक्ष मिङ्मा शेर्पा को मृत अात्माले शान्ति पाउन साथै शोकाकुल परिवार अाफन्त जन साथि भाइ हरु मा धैर्य धारण गर्ने शक्ति पैदा गरून् भनी नेपाल मगर सङ्घ मलेसिया भगवान बुद्द सङ्ग प्रार्थना गर्दछौ पोस्टमार्टमको रिपोर्ट अनुसार शेर्पालाइ coroner artery disease भन्ने समस्या बाट मृत्यु भएको अस्पतालले जनाएको छ । संघले मृतकको छोराछोरीको पढाइमा सहयोग होस भन्ने उद्देश्यले मलेसिया ५ सय रिंगेट (१२ हजार बराबर) सहयोग समेत गरेको संघकि अध्यक्ष पुस्मिता ठाडा मगर तथा महासचिव सागर गाहा मगर द्वारा जारी शोक वक्तव्यमा बताइएको छ ।