काठमाडौं, ८ असोज | यसपालीको एसइइ ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । ०७३ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइइ)को ग्रेड वृद्धिको परीक्षाको नतिजा सार्वजनिक भएको छ । आइतबार परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको ग्रेड वृद्धिको मौका परीक्षामा एक लाख १२ हजार ६ सय २२ विद्यार्थीले ग्रेड वृद्धि गरेका हुन ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जिम्मेवारी अनुसार बिगतमा एसएलसी परीक्षा सञ्चालन गर्दै आएकोे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बीका प्रसाद रेग्मीले ग्रेड घटेको र उनीहरुको पहिलेकै ग्रेड कायम भएको बताए ।
ग्रेडवृद्धिका लागि यस बर्ष एक लाख ३४ हजार ७ सय ५६ विद्यार्थी ग्रेड बृद्धिको परीक्षामा सहभागि भएका थिए ।उनीहरुले तीन लाख २७ हजार तीन सय २९ विषयमा ग्रेड बृद्धिको परीक्षा दिएका थिए । जसमध्ये दुई लाख १७ हजार तीन सय २ विषयमा ग्रेड बृद्धि भएको छ ।