माधव बेल्वासे
चन्द्रौटा ५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको साँचो माओवादी संग रहेको वताएका छन् । माओवादी केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यान को अवस्थामा ठुलो कसरत माओवादीले नै गरेको धारण व्यक्त गरे ।

कपिलवस्तुको कृष्णनगरमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्वोधन गर्दै प्रचण्डले महिला दलित मजदुरहरु लाई नेता वनाई सिहदरवारको अधिकार गाउ गाउमा पुर्याएको वताए ।भरखरै सम्पन्न तिनै चरण चुनावलाई विथुल्न केहि शक्ति लागि परेको भएपनि त्यो सफल नभई शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न भएको दावि गरे ।राष्ट्रिय एकताको हितमा माओवादी केन्द्र ईमान्दारिता रुपमा रहेको भएपनि केहि स्रोतहरु त्यस विपरित काम गरिरहेको आरोप लगाए ।
पुर्व प्रधानमंत्री समेत रहेका प्रचण्डले पाहाडका भन्दा मधेशका जनताहरु मतदान गर्न आतुर रहेको देखिएको वताए । प्रदेश न २ मा सम्पन्न चुनावमा अन्य प्रदेश भन्दा उल्लेखनिय सहभागित रहेको वताए ।आउदै गरेको प्रदेश र केन्द्रिय चुनावमा माओवादि केन्द्रलाई जिताउन सकेमा आर्थिक विकाश र समृद्ध नेपाल वन्न कसैले रोक्न नसक्ने धारणा राखे ।
सभामा वोल्दै प्रचण्डले छिमेकी राष्ट्र भारत चिन सगंको सवन्ध सुमधुर रहेको हुदा हुलाकी मार्ग,रेल मार्ग र नौमुरे परियोजनालाई कार्यानव्यन गरेर कपिलवस्तुलाई कृर्षिमा आत्मनिर्भर वनाउने विषयमा गृहकार्य भइरहेको वताए ।
कपिलवस्तुको कृष्णनगर वजारलाई स्मार्ट सिटी वनाउने विषयमा शहरी विकाश मन्त्रि सग छलफल गर्ने वताए ।सभाकै अवशरमा नेपालि काग्रेस,एमाले,राप्रपा लगाएत मधेशि दल परित्याग गरेका करिव एक हजार जनालाई प्रचण्डले अविर र माला लगाई माओवादि केन्द्रमा प्रवेश गरेका छन ।कार्यक्रममा नेकपा माओवादि केन्द्रका नेता मातृका यादव,चक्रापाणि खनाल वलदेव लगाएतले सम्वोधन गर्नुभएको थियो ।










