दाङ ५ असोज । विगत चार वर्षहुँदा पनि सडक निर्माण नगर्ने ठेकेदारलाई कम्युनिस्ट पार्टी दाङले आज कालोमोसो दलेको छ । घोराहीको कटुवाखोला देखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएको ठेकेदार कम्पनिका पदम शर्मालाई घोराही जनपरिषदले आज कार्बाही भन्दै कोलोमोसो दलेको हो ।

kalomoso

बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापाक जनगुनासो आएपछि उक्त बाटोको जिम्मा लिएको ठेकेदारलाई कालोमोसो दलेको नेकपा दाङले जनाएको छ ।

सडक निर्माण कार्य छिटो सम्पन्न नहुँदा आम नागरिकको स्वास्थ्यमा समेत असर गर्ने गरि धुलो धुवा उड्ने र बजारको मुहार नै कुरुप देखिएकाले सम्बन्धीत सरोकारवालालाई लापरबाही नगर्न चेतावनी समेत दिइएको छ । सडक निर्माण ढिलाई हुनु सडक डिभिजन र घोराही नगरपालिकाको समेत लापारबाही भएको ठहर गर्दै यथासिघ्र सम्बन्धीत सरोकाावाला सबैलाई सचेत बन्न र निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब स्वरुप उक्त कदम चालिएको जनपरिषदद्धारा जारी गरिएको पर्चामा उल्लेख छ ।