दाङ २ , असोज। जिल्लामा विविधकार्यक्रम गरेर संविधानदिवस मनाउने भएको छ ।त्यसको लागिजिल्ला समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीको संयोजकत्वमा ‘संविधानदिवस जिल्ला समारोह समिति’ गठन गरिएको छ ।
आइतवार जिल्ला समन्वय समितिको आयोजनामा बसेको बैठकले संविधानदिवस मनाउनको लागि समिति गठन गरेको हो । समितिको सदस्यमा राजनीतिकदल, स्थानीयतहकाप्रमुख, उप्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र संघ सस्थाकाप्रतिनिधि छन् । त्यसैगरेर बैठकले असोज २, ३ र ४ गते विविधकार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको छ । बैठकले असोज २ गते साँझ घोराहीको सहिद गेट र सरकारी कार्यालयमादिपावलीगर्ने निर्णय गरेको छ । सहिद गेटमा दिपावलीगर्ने जिम्मा दाङ उद्योग वाणिज्य संघलाई दिएको छ ।
त्यसैगरेर असोज ३ गते घोराहीउपमहानगरपालिकाहलमाप्रवचनगर्नेर ४ गते साँझ सवै कार्यालयमादिपवालीगर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सुचनाअधिकृत कृष्ण केसीले वताएका छन् ।बैठकजिल्ला समन्वय समितिकाप्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रमुखजिल्लाअधिकारी लगायतकाअन्यकार्यालय र संघ सस्थाको प्रतिनिधिको सहभागिताथियो ।
