इन्द्रेणी संवाददाता
रोल्पा, १ असोज । गत विहीवार रातिबाट वेपत्ता भएका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती सम्पर्कमा आएका छन् । आफुहरुले केहि समयका लागि कब्जामा लिएको जनाएका विप्लबका कार्यकर्ताले उनलाई रोल्पाको धवाङ भनभनेबाट पत्रकारको रोहवरमा मुक्त गरेका हुन् ।
थवाङ गाउँपालिकाको गाउँसभा असफल बनाउने उद्देश्यले उनलाई कब्जामा लिएका बिप्लाबका कार्यकर्ताले उनलाई सकुसल छोडिदिएकाछन् ।