जुम्ला ३०  भाद्र । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) जुम्लाको संयोजकमा नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व सचिव शुरबहादुर सिंह चयन भएका छन् । पूर्व सचिव सिंहको संयोजकत्वमा संघको जिल्ला तदर्थ समिति गठन भएको हो । गठित समितिका सदस्यहरुमा नेत्रबहादुर शाही, सागर परियार, दिलमाया शाही, सरिता पराजुली, दानाकुमारी शाही र हरिबहादुर कुमाई रहेका छन् ।

21740367_1591478984225142_3424687721955371085_nत्यसगैरी, यही असोज ४ र ५ गते बर्दिया जिल्लाको ठाकुद्वारामा सम्पन्न हुने नेपाल पर्यटन पत्रकार संघको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि डिबी बुढा र ईन्दिरा थारुलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकाछन् ।