घोराही, ३० भदौ । वडा प्रहरी कार्यालय घोराहीमा नयाँ आएका इञ्चार्ज प्रहरी निरीक्षक सञ्जन अवाले नगरको शान्ति सुरक्षा कायम गर्न आफू कानुनअनुसार अघि वढ्ने बताएका छन् ।

inddआज कार्यालयमै पत्रकारहरुसँग परिचयात्कम कार्यक्रमको आयोजना गरी उनले यस्तो बताएका हुन् । उनले जनतको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिट सबै कटिवद्ध रहने बताए ।

जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि सूचना दिनका लागि प्रहरीले सबैले सहयोग गर्नुपर्ने उनले बताए । यसअघि वडा प्रहरी कार्यालयको इञ्चार्ज सुर्य थापा थिए । उनको प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा काजमा सरुवा भएपनि अवा वडा इञ्चाजएको रुपमा आएका हुन् ।