दाङ २८ भदौ । जिल्ला समन्वय समिति स्थानीय विकास कोषको बैठक बुधवार बसेको छ । बैठकमा स्थानीय विकास कोषका कार्यकारी सचिव मुक्तिराम सुवेदीले कोषवाट भैराखेका कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कोषले सामाजिक परिचालन, स्वशासन र गरिबी निवारणको क्षेत्रमा काम गर्दै आएको छ । सुवेदीका अनुसार लघु कर्जा तथा घुम्ती कोष, साना भौतिक पुर्वाधार र सिप विकासको क्षेत्रमा सहयोग गर्ने गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा प्रमुख नेपालीले जनताको आयस्तर बढाउन सिपको आवश्यकता भएको भन्दै त्यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । बैठकको सहजिकरण कार्यकारी सचिव सुवेदीले गरेको थिए










