इन्द्रेणी संवाददाता

घोराही , २७ भदौ । दाङका प्रहरी प्रमुख दुर्गा सिंह चन्दसहित ३ जनालाई विभागीय कारबाहीमा सिफारिस गरिएको छ । भाद्र १४ गते मृत्यु भएका गंगटेको बारेमा गलत सूचना सम्प्रेषण गरेको भन्दै उनीहरुलाई बिभागीय कारबाही गरिएको हो । संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

thunuwa mrityu

संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रमुख एआइजी मिङ्मार लामाले पत्रकार सम्मेलनमा जिल्ला प्रहरीले गंगटेको मृत्युपश्चात डराएर गलत सूचना दिएको समेत खुलासा गरे । उनले उपचारका क्रममा लमही अस्पतालमा गंगटेको मृत्यु भएको बताए ।

भाद्र १४ गते गंगटे भन्ने व्यक्तिको वेवारिसे शव फेला भन्ने गलत सूचना सम्प्रेषण गरेकाले जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह, लमही ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्का र थुनुवाको ड्युटीमा खटिएका प्रहरी जवानलाई विभागीय कार्वाहीको सिफारिस गरेको हो । उपचारका क्रममा मरेका गंगटे भन्ने व्यक्तिलाई वेवारिसे भनी गलत सूचना दिएको भन्दै विभागीय कार्वाहीको सिफारिस भएको घटनाको अनुसन्धानमा खटेका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप कुमार चौधरीले जानकारी दिए ।

घोराही उपमहानगर वडा नं. १४ निवासी भुपबहादुर सुनुवार  (गंगटे) १३ गते घोराहीबाट प्रहरी नियन्त्रणमा परेको र १४ गते बिहान एसपीकै गाडीमा लमही बुझाइएको र राती बिरामी भएपछि लमहीको अस्पतालमा लग्दा ईसीजी गर्नुपर्ने र यहाँ नभएको भनेपछि घोराही उपक्षेत्रीय अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मरेकाले जिल्ला प्रहरीले गलत सूचना प्रसारण गरेको संघीय प्रहरी कार्यालयका प्रमुख दिलिप कुमार चौधरीले जानकारी दिए ।

मान्छे जस्तोसुकै अवस्थामा मर्न सक्छ जस्तो अवस्था हो, त्यही सूचना सार्वजनिक गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालय हतोत्साहित भई घटनालाई तोडमोडमा लाग्दा उनीहरुलाई विभागीय कार्वाहीको सिफारिस गरिएको संघीय प्रहरी प्रमुख मिङ्मार लामाले बताए ।

यस्तो थियो घटना
जिल्ला प्रहरी कार्यालय दांगले प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिको मृत्यू चौपट्टामा भएको भन्दै फेसवुक मार्फत सूचना प्रवाह गरेको थियो । आफन्तहरु सम्पर्कमा नआएपछी भदौ १६ गते घोराही उपमहानगरपालीकाको जिम्मा लगाएर अन्तिम संस्कार गरिसकीएको थियो । तर, वेवारीसे अवस्थामा मृत्यू भएका ब्यक्ति प्रहरी नियन्त्रणमा रहेको र प्रहरीलेनै घटना लुकाउन वेवारिसे अवस्थामा शव फेला परेको भन्दै प्रचार गरेको तथ्य फेला परेपछी घटना वाहीर आएको हो ।

चोरीको आरोपमा छानविन गर्न घोराही–१४ का गंगटे उपनामले चिनिने देव बहादुर विकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले भदौ १२ गते नियन्त्रणमा लिएको थियो । ति ब्यक्तिको भदौ १४ गते प्रहरी नियन्त्रणमा मृत्यू भएको थियो । प्रहरीले मृत्यूलाई लुकाएर शवलाई वेवारिसे वनाएर घटना लुकाउन खोजेको थियो । भदौ १३ गते लमही अस्पतालमा मेडीकल जाँचको क्रममा ति ब्यक्तिलाई लगीएको थियो । हात पछाडी वाँधेर हत्तकडी लगाएको अवस्थामा फोटो सार्वजनिक भएपछी प्रहरीले घटना लुकाएको प्रमाणित भएपछी नयाँ मोड लिएको हो ।