दाङ, २६ भदौ । दुर्घटनामा परि दाङका एक दम्पत्तिको मृत्यु भएको छ । आइतबार बाँकेको समशेरगञ्जमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका ३० बर्षीय ढकबहादुर केसी र २९ बर्षीया सीता केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दाङ शान्ती नगर ३ निवासी केसी दम्पत्ति सवार भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई आइतवार विहान साढे पाँच बजे समसेरगंजमा ठक्कर दिएको थियो ।मोटरसाइकल चालक ढकबहादुरको आइतवार र उनको श्रीमती सीताको उपचारको क्रममा भारतको लखनउमा सोमवार विहान मृत्यु भएको छ ।