इन्द्रेणी संवाददाता
काठमाडौं २५ भाद्र । जम्मो मन्त्रीमंडल बनाएर सर्बत्र आलोचना खपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्न थालेका छन् । राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर प्रधानमन्त्री देउवाले सोमबार पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका छन् ।

deubako mantrimandal

देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् । व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।