इन्द्रेणी संवाददाता
दाङ २३ भाद्र । दाङ को घोराहीमा रहेको लालीगुराँस आवासीय माध्यमिक बिद्यालयले ३८ औ राष्ट्रिय शिक्षा दिवसका अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण गरेको छ ।कार्यक्रम बिद्यालयका सहायक प्रिन्सिपल हेमराज पौडेलको अध्यक्षता तथा पुर्ब जिल्ला शिक्षा अधिकारी ओम प्रकाश न्यौपानेको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा बिद्यालयमा अघिल्ला शुक्रबारहरुमा भएका बिभिन्न कार्यक्रममा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी पुर्व जिल्ला शिक्षा अधिकारी ओम प्रकाश न्यौपानेले शिक्षा बिनाको मान्छे अन्धो जस्तै भएकाले विद्यार्थीले ध्यान पुर्वक पढ्न सबैलाई आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रिन्सिपल केशरमान बिसीले शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए । उनले शिक्षा कुनै पनि ब्यक्तीको नीजी सम्पति भएकाले त्यसको आर्जनकालागि ध्यान दिएर अध्ययन गर्न बिद्यार्थीलाई आग्रह गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक गौरब खड्काले गरेका थिए ।