राधा शर्मा
बर्दिया २२ भदौ । बाढिबाट पुर्ण रुपमा क्षति भएका पीडितहरुलाइ सम्वृद्धि नेपाल काठमान्डौले १ लाख ४० हजार मुल्य वरावरको राहत सामाग्री वितरण गरेको छ । वाढि बाट अति प्रभावित गुलरिया नगरपालिका वार्ड न ५ का २० घर परिवार र गुलरिया नगरपालिका वार्ड न ३ का ८ घर परिवारलाइ प्रति परिवार ५ हजार रुपेैयाका दरले २८ घर परिवारलाइ १ लाख रुपैया ४० हजार रुपैया बराबरको राहत सामाग्री वितरण गरीएको हो ।
दश किलो चामल, चार जोर नया लत्ता कपडा, खाने तेल आधा लिटर , नुन एक पोका , चप्पल दुइ जोर प्रति परिवारका लागी आफुहरुले सो राहत आफनो सस्था र अन्य निकायको सहयोगमा सकलन गरी बाढि प्रभावित नागरिकका लाइ केहि दिनको भएपनि राहत हुने उदेश्यले सो राहत सामाग्री वितरण गरेको सम्बृद्धि नेपाल का अध्यक्ष निता शर्माले जानकारी गराउदै सो राहत सामाग्री सस्थाका अध्यक्ष निता शर्माले गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव लाइ हस्तान्तरण गर्नु भएको थियो ।
बाढि पिडित बव्लुु लोधले आफुहरुको वाढिका कारण अन्तपात लत्ताकपडा सवै वगाएको भन्दै आफना छोरा छोरीको लागी कपडा पाएको खुसी व्यक्त गर्नु भयो । सो अवसरमा गुलरिया नगरपालिका वार्ड न ५ का वडा अध्यक्ष सावित्रा गौतम , नेपाल पत्रकार महासघका कोषाध्यक्ष दीपक शर्मा , सम्बृद्धि नेपालका सचिव विना परियार , सम्बृद्धि नेपालका कोषाध्यक्ष शान्ता थापा लगाएतको पनि सहभागीता रहेको थियो । यस अघि सो टिमले वाढि प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै वाढि पिडितहरु सग छलफल समेत गरेको थियो ।बर्दियामा गएको श्रावण महिनाको २८ र २९ गते आएको बाढिका कारण ५ जनाको मृत्यु भएको थियो भने दशौ हजार घर डुवानमा परेका थिए हजारौ नागरिक प्रत्यक्ष प्रभावित बनेका थिए ।
