घोराही, २२ भदौ । घोराही उपमहानगरपालिका न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरीकै उत्कृष्ठ भएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तरगतको स्थानिय निकाय वित्तिय आयोगले गरेको मूल्यांकनमा घोराही उपमहानगरपालिका ९१ अंक ल्याएर प्रथम भएको हो ।

आथिर्क बर्ष २०७२÷७३ मा आयोगका स्थानिय साशन बिज्ञ र वित्तिय बिज्ञले गरेको मूल्यांकनमा उपमहानगरपालिका प्रथम भएको कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । नगरले सम्पादन गरेका कामको सूचकहरुका आधारमा अंक प्रदान गर्ने गरिएको हो । घोराही उपमहानगर सहित बुटबल उपमहानगरले पनि ९१ अंक ल्याएर प्रथम नै भएको छ ।

घोराही उपमहानगर यस अघि आर्थिक बर्ष २०६७ ÷६८ मा पनि प्रथम भएको थियो । यसैगरि ९० अंक प्राप्त गरि धनकुटा र हेटौडा दोस्रो तथा कमलामाई ८७ अंक प्राप्त गरि तेस्रोमा आएका छन् । यसैविच साविकको जिल्ला बिकास समिति न्यूनतम शर्तमा पास भए पनि कार्य सम्पादन मापनको कार्य क्षेत्रमा तोकिएको न्यूनतम अंक प्राप्त गर्न सकेको छैन ।