दाङ १९ भदौ। जिल्ला समन्वय समिति दाङले पेश्की, वेरुजु तत्काल फच्र्योटको कार्य अघि बढाउने भएको छ । त्यसको लागि समितिले पत्रचारदेखि र नाम समेत सावर्जनिक गर्ने निर्णय गरेको छ । सोमवार बसेकेको समन्वय समितिको बैठकले पेश्की वेरुजलाई सुन्यमा झार्न तत्तकाल पेश्की लगेकाहरुलाई पत्रचार गर्ने र एक महिनाभित्र पनि फच्र्यौट नगरेमा नाम सावर्जनिक गर्ने निर्णय गरेको छ ।
अझैपनि विभिन्न व्यक्तिले लिएको करोडौ रुपैयाँ समितिको नाममा वेरुजु छ । विभिन्न समयमा नेता, व्यक्ति र संघ सस्थाका नामा पेश्की वेरुजु छ । ‘पेश्की वेरुज धेरै देखिएको छ । त्यो शुन्यमा झार्नको लागि अभियान थालेका छौ’ जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले भने ‘ जिल्ला समन्वय समितिको बैठकले तत्तकाल काम थाल्ने निर्णय गरेको छ ।’ त्यसैगरेर प्रदेश राजधानीको लागि पहल गर्ने गर्ने समेत बैठकले निर्णय गरेको छ । ‘दाङ जिल्ला सवै क्षेत्रले प्रदेश राजधानीको लागि उपयुक्त छ । त्यो कारण त्यसको लागि पहल गर्ने निर्णय भएको छ’ प्रमुख नेपालीले भने ।
उनका अनुसार प्रदेश राजधानी र दाङ जिल्लाको सन्तुलीत विकासको लागि मापदण्ड बनाउनको लागि भदौ २३ गते जिल्लाका राजनीतिकदलका प्रमुख, उपहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ र पत्रकार महासंघ र अन्य सरोकारवालाको सहभागितामा छलफल गर्ने भएको छ । त्यसैगरेर बैठकले प्रत्येक साता जिल्ला समन्वय समितिको परिसरभित्र प्रत्येक शुक्रवार सरसफाई गर्ने र जिल्ला समन्वय समितिका कार्य समितिले परिसरभित्र कम्तीमा एकवटा विरुवा रोप्ने र त्यसको संरक्षण पनि आफै गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समितको कार्यसम्पदानलाई प्रभावकारी बनाउने पनि निर्णय भएको छ । बैठक जिल्ला समन्वय समितिका संयोजक नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा उपप्रमुख श्रीधर शर्मा पौडेलले विषय प्रवेश गराएका बैठकमा स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले कार्यालयको भौतिक, जिन्सीदेखि र कर्मचारीको अवस्थाको बारेमा जानकारी दिएका थिए ।
