रबिन्द्र यादव
नवलपरासी १८ भाद्र । नवलपरासीको विनयी त्रिबेणी गाउपालिका( ६ शिवपुर गढी स्थित रहेको पिपलको वोट नजिक शनिबार साढे सात वजे ट्रयाकटर को ठक्करबाट दुइ वर्षिय बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार शिवपुरगढी वाट त्रिबेणी तर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्रयाकटरले खेली रहेको बालक लाई ठक्कर दिदा घाइते भइ उपचार का लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपाता ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक सोहि ठाउँ बस्ने अंगद सहानी को २ वर्षिय छोरा विकाश सहानी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशव सिहं थापाले बताउनु भएको छ ।
ट्रयाकटर लाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन ।