माधव बेल्वासे
कपिलवस्तु १६ भाद्र । मानव बेचविखन अन्त्यको लागि स्थानिय तहका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन ।कपिलवस्तुको कृष्णनगरमा आयोजित मानव बेचविखन तथा ओसारपसार विरुद्धको ११ औ राष्ट्रिय दिवशको अवशर पारी के आई नेपालले आयेजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन ।

manab bechbikhan birudda

अवको गन्तव्य मानव बेचविखन अन्त्य,स्थानिय तहको प्रतिवद्धता मानव बेचविखन विरुद्ध गरौ एक्यवद्धता भन्ने नारा सहित आयोजित उक्त कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह,उपप्रमुख सवनम खातुन लगाएत वडा अध्यक्ष संघ सस्था प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।

कार्यक्रममा वोल्दै नगरप्रमुख शाहले मानव वेचविखनका उपराधिहरुलाई कडा भन्दा कडा सजाय गर्नुपर्ने र मानव वेचविखन अन्त्यको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने वताउनु भयो । शाह के आई नेपालले कृष्णनगर सिमा क्षेत्र वाट कडा निगरानि गरेर यसलाई अन्त्य गर्नुपर्ने धारण राख्नुभयो ।त्यस्तै के आई नेपालका कार्यक्रम निर्देशक इन्दराज भट्टराईले मानव वेचविखनवाट विश्वभर एक वर्षमा ३१ अर्व अमरेकि डलर आर्जन गर्ने गरेको जसमा २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख वच्चा वेचविखन वाट पिडित भएको वताउनुभयो ।

आर्थिक,सामाजिक राजनैतिक,मनो सामाजिक लगाएत कारणले मानव वेचविखन भएको पाइएको वताउनु भयो ।के आई नेपालले एक वर्षको अवधिमा ४ सय ६६ जनलाई उद्धार,३ सय ५१ जनलाई प्रहरिलाई हस्तानतरण,४० जनलाई सुरक्षित आवाश गृहमा,७३ जना सुरक्षित आवस सेवामा र १४ जनालाई अपराधको मुद्धामा लगिएको निर्देशक भट्टराईले वताउनुभयो ।वेचविखन मध्य अधिकाशं महिलाहरु रहेको हुदा शिक्षा र रोजगारिमा शवल हुनपर्नेमा जोड दिनुभयो ।विभिन्न वाहानामा भारत हुदै अन्य देशमा नेपालि चेलिहरु वेचिन पुगेको हुदा आफु सजग हुनुपर्ने जिकिर गर्नुभयो ।कार्यक्रममा वोल्ने वक्ताहरुले यस अभियान सफल वनाई मानव वेचविखनमा विरुद्ध हातेमालो गर्नुपर्ने वताएका छन ।