भदौ ७ । रामेछापको दोरम्वामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा दोरम्वा गापा वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दोरम्वा ६ मा रहेको आफ्नो ससुराली घरमा पुगेका बुढाले बुधबार विहान मोवाइल चार्जमा राख्न खोज्दा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।











