काठमाडौँ, ६ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रद्वारा हालै आएको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढी पीडित बालबालिकाका लागि मंगलबार राहत संकलन गरेको छ ।
पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको नेतृत्वमा न्यूरोडमा गरिएको राहत संकलनमा पीडित बालबालिकाका लागि हजारौं जनालाई पुग्ने लुगा संकलन भएको समूहको सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
संकलित लुगा राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा मार्फत बाढी पीडित क्षेत्रका बालबालिकाहरुलाई वितरण गर्ने जनाएको छ ।
रासस