दाङ, ३ भदौ  । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले बाढीबाट शैक्षिक सामग्रीहरु नोक्सान भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताएको छ ।

जिल्ला शाखाको सनिबार बसेको बैठकले बाढीबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरु गुमाएका विद्यार्थीहरुलाई पहिचानको आधारमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभएको छ । बाढीले पु¥याएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले सहयोग गर्ने निर्णय गरेका हुन् ।

बरालको अध्यक्षता तथा केन्द्रिय सदस्य पवित्रा केसीको प्रमुख आतिथ्यता बसेको बैठकले शैक्षिक वर्ष २०७४ मा पर्याप्त पाठ्यपुस्तकहरु नभएका कारण पु¥याउन नसकेको भन्दै समिक्षा गरेको छ । जिल्लामा आबस्यकता अनुसार पाठ्यपुस्तकहरु पर्याप्त नभएका कारण पु¥याउन नसकेको समितिका सचिब प्रकाश केसीले जानकारी दिनुभएको छ ।